यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.२५ अंकल घटेसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। आज सर्वाधिक गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, माई खोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र लिर्बीटी इनर्जीका लगानीकर्ता रहेका छन्। जसमा, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले गुमाएका छन्। 

त्यस्तै, माई खोला हाइड्रोपावरको ४.६३ प्रतिशत, घलेम्दी हाइड्रोपावर, ४.२८ प्रतिशत, सुपर मादी हाइड्रोपावर, ४.२७ प्रतिशत र लिवर्टी  इनर्जीका लगानीकर्ताले ३.७४ प्रतिशतका दरले गुमाएका छन्। यसैगरी आज कालिन्चोक दर्शनका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज यस कम्पनीको लगानीकर्ताले ६.३६ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, अरुण हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आरबीबी फोकस ४० का लगानीकर्ताले ४ अंकले कमाएका छन्।

त्यस्तै, आज सबैभन्दा बढी अरुण हाइड्रोपावर डेभलपमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको आज ४५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युतको ४० करोड ७९ लाख, रिदि पावर कम्पनीको ३८ करोड ८६ लाख, युनियन हाइड्रोपावरको ३२ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।