काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत संगठित संस्था तथा शेयर रजिस्ट्रार कम्पनीहरूलाई लाभ वितरण गर्दा स्पष्ट र पूर्ण जानकारी सार्वजनिक गर्न निर्देशन दिएको छ।
नेप्सेले शेयरधनीलाई इमेल, एसएमएसलगायत माध्यमबाट जानकारी पठाउँदा स्टक सिम्बोल, आर्थिक वर्ष र लाभांश दर वा ब्याजदर प्रतिशत अनिवार्य रूपमा उल्लेख गर्न भनेको छ।
त्यस्तै, ऋणपत्र वा डिबेञ्चरको हकमा पनि स्टक सिम्बोल, आर्थिक वर्ष तथा ब्याज दर प्रतिशत खुलाउनुपर्ने नेप्सेको निर्देशन छ।




About Us
प्रतिक्रिया