नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ११ अर्ब बढी


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.२५ अंकल घटेर बजार २६ सय ९८ दशमलव ५५ को विन्दुमा बन्द भएको छ।

आज ३३० कम्पनीको ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने २ करोड ६२ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी सुपर मादी हाइड्रोपावरको शेयर कारोबार भएको छ।

यस कम्पनीको आज ५६ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युतको ५१ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सुपर माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज यस कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, रिदि पावर कम्पनीको ९.९८ प्रतिशतका दरले कमाएका हुन्। त्यसैगरी, आज कालिनचोक दर्शनका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ८.९१ प्रतिशतका दरले गुमाएका हुन्।