यी आज नेप्सेमा सर्वाधिक गुमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.१९ अंकले बढ्दा ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएमा छन्। आज सर्वाधिक गुमाउने कम्पनीहरुमा सुपर मादी हाइड्रोपावर, मेगा म्यूचुअल फण्ड–१, माया खोला हाइड्रोपार, पिपुल्स पावर र हिम स्टार उर्जा कम्पनी रहेको छ।

जसमा सुपर मादी हाइड्रोपावरको ९.९८ प्रतिशत, मेगा म्यूचुअल फण्ड–१ को ६.२५ प्रतिशत, माया खोला हाइड्रोपारको ३.७८ प्रतिशत, पिपुल्स पावरको ३.३८ प्रतिशत र हिम स्टार उर्जा कम्पनीका लगानीकर्ताले २.७५ प्रतिशतका दरले गुमाएका हुन्।

त्यस्तै, आज आज सबैभन्दा बढी कमाउने कम्पनीहरुमा कालिनचोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जी रहेका छन्। यी तिन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यसैगरी, रिदि पावर कम्पनीको ९.९७ प्रतिशत र खानीखोला हाइड्रोपारका लगानीकर्ताले ९.७६ प्रतिशतका दरले कमाएका छन्।

यूनियन हाइड्रो पावरको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, राधि विद्युत कम्पनीको ५७ करोड ५० लाख रुपैयाँ, एसवाई प्यानल नेपालको ५३ करोड ७४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।