प्रि ओपन सेसनमा ०.३७ अंकले घट्यो नेप्से 


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.३७ अंक घटेर २६ सय ८१ दशमलव १३ को विन्दुमा पुगेको बन्द भएको छ। यस सेसनमा २२ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ४६ हजार २९६ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनभरिमा ५० कम्पनीको कारोबार हुँदा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।