यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउँने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १.६४ अंकको गिरावट देखिँदा ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा कालिनचोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपर म्यादी हाइड्रोपावर, आँखु खोला जलविद्युत र कर्पाेरेट डेभलपमेन्ट बैंक रहेका छन्। जसमा कालिनचोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपर म्यादी हाइड्रोपावर, आँखु खोला जलविद्युतका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै, आज एचएलआई लार्ज क्याप फण्डका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ५.५४ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, रावा इनर्जीको डेभलपमेन्टको ४.१३ प्रतिशत, गुरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.८४ प्रतिशतका दरले गुमाएका हुन्।

आज सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ८० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ६० करोड ३० लाख रुपैयाँ, राधी विद्युत कम्पनीको २६ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ।