नेप्सेमा झिनो अंकको गिरावट, घट्यो कारोबार रकम


काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.६४ अंकको गिरावट देखिँदा बजार २६ सय ८१ दशमलव ५० को बिन्दुमा बन्द भएको हो। आज ३२६ कम्पनीले कारोबार गर्दा कुल ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै १ करोड ६६ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ।

आज सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ८० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ६० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी कालिनचोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपर म्यादी हाइड्रोपावर र आँखु खोला जलविद्युतका लगानीकर्ताले कमाएका छन्। यी ४ कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज एचएलआई लार्ज क्याप फण्डका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ५.५४ प्रतिशतका दरले कमाएका छन्।