यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी, कुनको कति ?


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १२.५८ अंकको गिरावट देखिँदा समेत ५ कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी कमाएका छन्। आज नेप्सेमा सर्वाधिक कमाउने कम्पनीहरुमा कालिनचोक दर्शन, एचएलआई लार्ज क्याप फण्ड, मेगा म्यूचुअल फण्ड–१, पन्चकन्या माई हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट रहेका छन्।

जसमा कालिनचोक दर्शनका लगानीकर्ताले १० प्रतिशत, एचएलआई लार्ज क्याप फण्डको ९.९५ प्रतिशत, मेगा क्यूचुअल फण्ड–१ को ५.७९ प्रतिशत त्यस्तै, पन्चकन्या माई हाइड्रोपावरको ५.१५ प्रतिशत र रावा इनर्जीका लागनीकर्ताले ४.८७ प्रतिशतका दरले कमाएका छन्।

त्यस्तै आज सान्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ४.६३ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, पियोर इनर्जीको ४.५९ प्रतिशत, शिवश्री हाइड्रोपावरको ४.०५ प्रतिशतका दरले गुमाएका हुन्। आज एसवाई प्यानल नेपालको सबैभन्दा बढी शेयर कारोबार भएको छ।

आज यस कम्पनीको ५९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युतको ४१ करोड रुपैयाँ, यूनियन हाइड्रोपावरको ३२ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।