यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.५३ अंकले बढ्दा ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक, हिम स्टार उर्जा कम्पनी, सान्भी इनर्जी र वन्दीपुर केवलकार एण्ड टुरिजम रहेका छन्।

जसमा एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक र हिम स्टार उर्जा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, सान्भी इनर्जीको ९.९४ प्रतिशत र वन्दीपुर केवलकार एण्ड टुरिजमको लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका हुन्।

त्यस्तै, आज मिथिला लघुवित्तको लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, के्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ५.५३ प्रतिशत, शिवश्री हाइड्रोपावरको ५ प्रतिशतका दरले गुमाएका हुन्।

साथै, आज आँखु खोला जलविद्युतको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपाल ३८ करोड ५० लाख, वन्दीपुर केवलकार एण्ड टुरिजमको २८ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।