काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.५३ अंकको वृद्धि देखिँदा बजार २६ सय ९५ दशमलव ७३ को बिन्दुमा बन्द भएको हो। आज ३३० कम्पनीले कारोबार गर्दा कुल ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै १ करोड ७५ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ।
आज आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४१ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, एसवाई प्यानल नेपालको ३८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक र हिम स्टार उर्जाका लगानीकर्ताले कमाएका छन्। आज यी ३ कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यसैगरी, आज मिथिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया