यूएई, दुबई । दुबईको मिलेनियम प्लाजा डाउनटाउन होटलमा आगामी मार्च ३१ र अप्रिल १ तारिखमा ‘बैंकिङ्ग, फिनटेक तथा रेमिट्यान्स डिस्कोर्स’ आयोजना हुँदैछ। यस कार्यक्रमले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) का वित्तीय नेतृत्वकर्ता, नीति निर्माता र क्षेत्रगत विज्ञहरूलाई एकै ठाउँमा ल्याउनेछ।
यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन नेपालका परिचित सञ्चारकर्मी टीकाराम यात्रीले सहजकर्ता (मोडरेटर) को भूमिका निर्वाह गर्ने भएका छन्। यात्री नेपालको सञ्चार क्षेत्रमा आफ्नो प्रभावशाली उपस्थितिका लागि परिचित छन्। विशेषगरी आर्थिक र वित्तीय मुद्दाहरूमा उच्चस्तरीय संवादलाई कुशलतापूर्वक नेतृत्व गर्न उनी सिपालु मानिन्छन्।
यसअघि पनि उनले ‘बैंकिङ्ग डिस्कोर्स’ र ‘इन्स्योरेन्स डिस्कोर्स’ का विभिन्न संस्करणहरूमा सहजकर्ताको भूमिका निभाइसकेका छन्। उनको सन्तुलित दृष्टिकोण, प्रष्ट सञ्चार शैली र विज्ञ एवं दर्शक दुवैलाई जोड्न सक्ने क्षमताको सधैँ प्रशंसा हुने गरेको छ।
दुबईमा हुने यस बहसका क्रममा सीमापार बैंकिङ्ग सहकार्य, फिनटेक क्षेत्रमा भएका नवीनता र रेमिट्यान्स प्रणालीको भविष्यबारे हुने छलफलमा उनको भूमिकाले थप स्पष्टता र गहनता प्रदान गर्ने अपेक्षा गरिएको छ। यात्रीको उपस्थितिले सुरक्षित, पारदर्शी र प्रभावकारी ‘ग्रीन च्यानल’ रेमिट्यान्स प्रवर्द्धन गर्ने र यूएईको बैंकिङ्ग उद्योगसँगको सहकार्यलाई बलियो बनाउने नेपालको प्रतिबद्धतालाई समेत झल्काउने आयोजकको विश्वास छ।
टीकाराम यात्री जस्ता अनुभवी व्यक्तित्वले संवादको नेतृत्व गर्दा दुई देशबीचको वित्तीय सम्बन्ध मजबुत हुने र सार्थक निष्कर्ष निस्कने लक्ष्य राखिएको छ।





About Us
प्रतिक्रिया