यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने ५ कम्पनी, अन्यको कति ?


काठमाडौं – आज स्टक एक्सचेन्ज (नेप्से) १९.८५ अंकको गिरावट आउँदा ५ कम्पनीका लगानीकर्ता सबैभन्दा बढी गुमाएका छन्। आज सर्वाधिक गुमाउने कम्पनीहरुमा कर्पाेरेट डेभलपमेन्ट बैंक, रावा इनर्जी डेभलपमेन्ट, कालीका पावर कम्पनी, हिम स्टार उर्जा कम्पनी र ट्रेड टावर रहेका छन्।

जसमा कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, रावा इनर्जी डेभलपमेन्टको ९.३४ प्रतिशत, कालीका पावर कम्पनी ७.३५ प्रतिशत त्यस्तै, हिम स्टार उर्जा कम्पनी ६.६५ प्रतिशत र ट्रेड टावरका लगानीकर्ताले ६.३७ प्रतिशतका दरले गुमाएका छन्।

आज सबैभन्दा माथिल्ला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ९.७० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ८.१९ प्रतिशत, एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले ६.५१ प्रतिशत, शिबश्री हाइड्रोपावरको ६.०७ प्रतिशत र आखुँ खोला जलविद्युतका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले कमाएका छन्।

त्यससँगै, आज आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, एसवाई प्यानल नेपालको ५३ करोड ६४ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ३८ करोड ९८ लाख रुपैयाँ, यूनियन हाइड्रोपावरको ३७ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।