काठमाडौं – नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८१\०८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले आगामि फागुन ११ गते लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो।
सो सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र (कर प्रयोजन सहित) १२.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार माघ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।





About Us
प्रतिक्रिया