लगानी गर्न नसके आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न सकिदैन : पुर्व कार्यकारी निर्देशक थापा


काठमाडौं – नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नर बहादुर थापाले लगानी गर्न नसके आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न नसकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दलका घोषणापत्रमा आर्थिक ‘एजेन्डा’ विषयक बहस कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

कुल पुँजी निर्माणमा नीजि क्षेत्रको योगदान ६२ प्रतिशत मात्र छ । विभिन्न व्यवसायीहरुले भन्दै आएको ८० प्रतिशतको योगदान पुरानो तथ्यांक भएको भन्दै उनले ४ वर्ष यता नीजि क्षेत्रको पुँजी निर्माणको अंश ६२ प्रतिशतमा झरेको बताए । उनले नीजि क्षेत्रले लगानी गर्न नसकेको बताउँदै लगानी बिना आर्थिक वृद्धि हुन नसक्ने बताएका हुन् ।

समष्टिगत आर्थिक स्थितीमा सार्वजनिक वित्त व्यवस्थापनको स्थिती राम्रो नभएको उनको भनाई छ । बजेटको आकार पछिल्ला वर्षहरुमा घटिरहेको समयमा सार्वजनिक ऋणको भार बढिरहेको बताए । उनले वित्तीय क्षेत्रका मुद्धाहरुलाई राजनीतिक दलका घोषणापत्रमा समेट्नुपर्ने बताए ।