ब्याज आम्दानी घट्दा स्ट्यान्टर्ड चार्टर्ड बैंकको नाफा खुम्चियो


काठमाडौं – स्ट्यान्डर्ड चार्टड बैंकको नाफा घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद नाफा १ अर्ब ६४ करोड ६ लाखबाट घटेर १ अर्ब ३७ करोड ३३ लाखमा झरेको हो।

बैंकको खुद ब्याज आम्दानी घट्दा नाफा खुम्चिएको हो। बैंकले पुस मसान्तसम्ममा १ अर्ब ९७ करोड ४२ लाख ब्याज आम्दानी गरेको छ। जबकी गत वर्षको यो अवधिमा बैंकले २ अर्ब १७ करोड २४ लाख ब्याज आम्दानी गरेको थियो।

बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब १२ करोड ७० लाख रहेको छ। सञ्चालन नाफा १ अर्ब ९६ करोड ६४ लाख गरेको छ। बैंकको प्रतिशेयर आम्दानी २७.३५ छ। हाल बैंकको खराब कर्जा १.८८ प्रतिशत पुगेको छ।

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ४ करोड रहेको छ भने जगेडा कोषमा ९१ करोड र रिजर्भमा १० अर्ब २३ करोड सञ्चित छ।