काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५.०८ अंकको वृद्धि आउदा ५ कम्पनीका लगानीकर्ता सबैभन्दा बढी कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक आँखु खोला जलविद्युत कम्पनी, मिथिला लघुवित्त, पिपुल्स पावर र बुद्ध भूमि नेपाल हाइड्रो कम्पनी रहेका छन्।
जसमा कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, मिथिला लघुवित्तको ९.५१ प्रतिशत, पिपुल्स पावरको ९.२२ प्रतिशत र बुद्ध भूमि नेपाल हाइड्रोका लगानीकर्ताले ९.०४ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, आज १२ प्रतिशत गुडवील लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.०७ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.६० प्रतिशतका दरले गुमाएका छन्।
यससँगै, आज आखुँ खोला जलविद्युतको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ८३ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, राधि विद्युत कम्पनीको ५४ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ४९ करोड ८८ लाख रुपैयाँ, यूनाइटेड मोदी हाइड्रोपावरको ४८ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।





About Us
प्रतिक्रिया