नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ८ अर्ब माथि


काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.१२ अंकले बढेर बजार २६ सय ७२ दशमलव ५५ को बिन्दुमा बन्द भएको हाे।

आज ३३८ कम्पनीले कारोबार गर्दा कुल ८ अर्ब ४० करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै १ करोड ६६ लाख ११ हजार कित्ता शेयर किनबेच भएको छ।

आज मन्जुश्री फाइनान्सको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको ५३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, एसवाई प्यानल नेपालको ३७ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी ४ कम्पनीका लगानीकर्ताले आज १०\१० प्रतिशतका दरले कमाएका हुन्। यससँगै आज थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ८.७८ प्रतिशतका दरले गुमाएका हुन्।