काठमाडौं – यस साता शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। यस साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा १ अंकले बढेर बन्द भएको हो। यो साताभरी भएको ३ कारोबारमा २ दिन बजार बढेरको थियो भने १ दिन घटेको छ। यससँगै, साताभरमा कुल १९ अर्ब माथिको शेयर कारोबार भएको छ।
साताभरको शेयर कारोबारमा सोमबार नेप्से ५.५४ अंकले घटेर २६ सय ३५ को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, मंगलबार ४.९० अंकले बढेर बजार २६ सय ३९ दशमलव ९१ को बिन्दुमा पुगेर बन्द भयाे।
त्यसैगरी, बुधबार नेप्से १.५२ अंकले बढेर बजार २६ सय ४१ दशमलव ४३ को बिन्दुमा कायम भएको थियो। यो साता दुई दिन आइतबार र बिहीबार सरकारी बिदा परेसँगै ३ दिन मात्रै शेयर कारोबार भएको थियो।
कारोबार कति ?
सोमबारः ६ अर्ब ४३ करोड रूपैयाँ
मंगलबारः ६ अर्ब ९४ करोड रूपैयाँ
बुधबारः ६ अर्ब १७ करोड रूपैयाँ





About Us
प्रतिक्रिया