काठमाडौं – नेपाल राष्ट्र बैंकले आजपनि २५ अर्बको ऋणपत्र जारी गरेको छ । केन्द्रीय बैंकले बैकिङ्ग क्षेत्रमा अत्यधिक तरलता बढेपछि आजपनि २५ अर्बको ऋणपत्र जारी गरेको हो ।
केन्द्रीय बैंकले १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्रको बोलकबोल तथा निष्कासन गर्ने भएकोले हो । नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ नामक ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुन्छ भने साँवा भुक्तानी २०८३ पुस २८ गते हुनेछ ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् । आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने उल्लेख छ ।





About Us
प्रतिक्रिया