नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५ अर्बमा सिमित

बजारको ओरालो यात्रा कायमै


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.२९ अंकले घटेर बजार २६ सय १० दशमलव ६३ को बिन्दुमा बन्द भएको हो।

आज दिनभरमा ३२३ कम्पनीको कारोबार हुँदा कुल ५ अर्ब १ करोड ७५ लाख रुपैयाँ शेयर कारोबार भएको छ। त्यससँगै, १ करोड २ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ। आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घट्दा ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज एसवाई प्यानल नेपालको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज ३० करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, श्रीनगर एग्रिटेकको २२ करोड ८८ लाख रुपैयाँको कारोबार गरेको भएको छ।

आज विन नेपाल लघुवित्त र श्रीनगर एग्रिटेकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यससँगै, आज न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

यस कम्पनीका लगानीकर्ताले आज ४.३२ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले ४.३१ प्रतिशतका दरले गुमाएका छन्।