नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब माथि

बैकिङ्ग समूह १.६६ प्रतिशतले बढ्याे


काठमाडौं – आज शेयर बजार दोहारो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४७.५५ अंकले बढेसँगै सूचक २५ सयको बिन्दुबाट २६ सय ३३ दशमलव ४२ को बिन्दुमा बन्द भएको हो।

आज ३२८ कम्पनीको गर्दा कुल ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यससँगै, १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको छ। आज २२८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ।

आज यूनियन हाइड्रोपावरको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज २७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार गरेको छ।

आज मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ९.४९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन्।

साथै, आज नेप्से दोहोरो अंकले बढ्दा १३ वटै सूचक हरियाली देखिएको छ। यससँगै आज बैकिङ्ग समूह १.६६ प्रतिशतले बढेको छ। त्यस्तै, डेभलपमेन्ट बैकिङ्ग समूह २.२८ प्रतिशत, फाइनान्स सेक्टर २.७० प्रतिशतका दरले बढेको हो।