काठमाडौं – बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले क्रिप्टो माइनिङको सम्भाव्यता अध्ययन गर्न सुझाव दिएको छ । डा. रेवतबहादुर कार्कीको संयोजकमा बनेको कार्यदलले नेपाल राष्ट्र बैंकलाई बुझाएको १३० पृष्ठ सुझाव दिँदै ‘क्रिप्टो माइनिङ’को सम्धाव्यता अध्ययन गर्नुपर्ने बताएको हो ।
कार्यदलका अनुसार नेपालमा पर्याप्तरुपमा विद्युत उत्पादन हुन थालेको र उत्पादित विद्युतलाई खपत गर्नका लागि पनि माइनिङको सम्भावना अध्ययन गर्नुपर्ने हुन्छ । विश्वका धेरै देशले क्रिप्टोमाथि प्रतिबन्ध फुकुवा गर्दै लैजाँदा नेपालले भने उल्टो नीति लिइरहेको छ ।
नेपालकै छिमेकी देशहरु पाकिस्तान, भारत र भुटानले क्रिप्टो कारोबारमा छलाङ मारेका छन् । पाकिस्तानले क्रिप्टो काउन्सिल नै गठन गरेको छ भने भुटानले बिटक्वाइन बेचेर ५० करोड डलर नाफा आर्जन गरेको समाचार गत वर्ष बाहिरिएको थियो ।
तर, नेपाल भने नियमन गर्न नसक्ने र विदेशी मुद्राको सञ्चिती बाहिरिने भन्दै यसमाथि प्रतिबन्ध लगाउँदै आएको छ । जबकी, नेपाल राष्ट्र बैंक इनोभेटिभ बनेर क्रिप्टोमाथिको प्रतिबन्ध फुकुवाको उपाय खोज्न तल्लिन बन्नुपर्ने हो ।
यद्यपी, कार्यदलले नेपालले क्रिप्टो माइनिङको सम्भावना अध्ययन गरेर विद्युत खपत गर्दै आर्थिक उपार्जनको नयाँ उपाए खोज्नुपर्ने सुझाव दिएको हो । बैंकिङ्ग समाचारले आफ्नो ‘विशेष श्रृङ्खला’मार्फत नेपालले क्रिप्टोको सम्भावना पहिल्याउन ढिला भइसकेको विषय उजागर गरेको थियो । यस्तै, नेपालले क्रिप्टोबाट लिन सक्ने लाभ र हानीको विषय समेत समाचारमार्फत उजागर गरेको थियो ।





About Us
प्रतिक्रिया