यी हुन् आज नेप्सेमा सर्वाधिक गुमाउने ५ कम्पनीहरु


काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२७ अंकले बढ्दा ५ कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन्। आज सिटिजन्स लाइफ इन्स्योरेन्स, सीवाईसी नेपाल लघुवित्त, पियोर इनर्जी, पोखरा फाइनान्स र भूगोल हाइड्रोका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका हुन्।

जसमा सिटिजन्स लाइफ इन्स्योरेन्सको ५.९७ प्रतिशत, सीवाईसी नेपाल लघुवित्तको ५.८७ प्रतिशत, पियोर इनर्जी ४.२८ प्रतिशत, पोखरा फाइनान्सको २.६८ प्रतिशत र भूगोल हाइड्रोका लगानीकर्ताले २.४७ प्रतिशतका दरले गुमाएका छन्।

त्यसैगरी, आज एसवाई प्यानल नेपालका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ७.०१ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, गुरास लघुवित्तका लगानीकर्ताले ६.०१ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै सप्तकोशी हाइड्रोपावरका लगानीकर्ताले ५.९८ प्रतिशतका दरले कमाएका हुन्।

आज एसवाई प्यानल नेपालको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीले आज ३० करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, सागर डिष्टिलरीको ८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।