काठमाडौं – आज साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ७.८६ अकंले घटेर २६ सय ६ दशमलव २० को बिन्दुमा कायम भएको छ। आज ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको हो।
आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको घटेसँगै ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा धेरै श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २६ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, ङादी ग्रुप पावरको १७ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ।
यससँगै आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी झापा इनर्जीका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ९.३० प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया