प्रि ओपन सेसन ०.६८ अंकले घट्यो नेप्से


काठमाडौं – आज सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबारको दिन ३.०२ अंकले घटेर परिसूचक २६ सय ६ दशमलव ६७ बिन्दुमा बन्द भएको बजार यसदिन सो सेसनमा ०.६८ अंक बढेर २६ सय ७ दशमलव ३५ को बिन्दुमा कायम भएको छ।

आजको प्रि ओपन सेसनभरिमा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। यस सेसनमा १३ लाख ३८ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा १ हजार ९ सय २४ कित्ता शेयर किनबेच भएको छ।