काठमाडौं – आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेमा कम्पनीको शेयर मूल्य समायोजन भएको हो। नेप्सेमा यस दिन कम्पनीको १५ प्रतिशत बोनस शेयर समायोजन भएको छ।
बुधबार नेप्सेमा कम्पनीको शेयर प्रतिकित्ता ६६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो सोही अन्तिम कारोबार मूल्यलाई आधार मानेर १५ प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन गरेको हो।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५७३.९१ रुपैयाँ कायम भएको छ। अब आइतबार यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ।





About Us
प्रतिक्रिया