काठमाडौं – छ्याङदी हाइड्रोपावर लिमिटेडका अध्यक्ष तथा सञ्चालक रामेश्वर थापासहित दुई सञ्चालक टेकनाथ आचार्य र अमरनाथ श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष थापाले घरायसी कार्य व्यस्तता देखाएर राजीनामा दिएका हुन् । त्यस्तै, सञ्चालक आचार्यले कार्य व्यस्तता र श्रेष्ठले स्वास्थ्य अवस्थाको कारण देखाई सो पदबाट राजीनामा दिएका हुन् ।
उनीहरूले दिएको राजीनामा आजैको मितिदेखि (कात्तिक १८ गते) लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया