जेनजी प्रदर्शनबाट १८ जनाको मृत्यु, २५६ जना घाइते


काठमाडौं – जेनजी प्रदर्शनबाट १८ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्द भएपछि जेनजी पुस्ताले गरेको विरोधमा काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेनजी युवाहरू सडक प्रदर्शनमा उत्रिएका हुन् । त्यस्तै, यस आन्दोलनबाट २५६ जनाभन्दा बढी जेनजी प्रर्दशनकारीहरु घाइते भएका छन् ।

काठमाडौंको बानेश्वर लगायतका क्षेत्रहरूमा कर्फ्यू जारी भए पनि प्रदर्शनकारीले सडक छाडेका छैनन् । बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको छ । पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ ।

कुन अस्पतालमा कति जनाको मृत्यु कति घाइते ?

सिभिल अस्पताल– ३ मृत्यु, १०० घाइते,
ट्रमा सेन्टर– ८ मृत्यु, ४९ घाइते,
वीर अस्पताल ६ घाइते।
एभरेष्ट अस्पताल ३ मृत्यु, ३४ घाइते
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ४ घाइते
केएमसी २ मृत्यु, ३२ घाइते
त्रिवि शिक्षण अस्पताल १ मृत्यु, १८ घाइते
नर्भिक अस्पताल ३ घाइते