सिभिल हस्पिटलमा १५० बढी जेनजीको उपचार हुँदै


काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा भएको जेनजीको आन्दोलनमा घाइते भएकाहरुमध्ये १५० भन्दा बढीका निजामति कर्मचारी (सिभिल) हस्पिटलमा उपचार भइरहेको छ । आन्दोलनमा घाइते भएकाहरुमध्ये १५० भन्दा बढीको सिभिलमा उपचार भएको हो ।

अन्य घाइतेहरुको पनि केएमसी हस्पिटल, ट्रमा सेन्टर, पाटन हस्पिटल, त्रिवि शिक्षण लगायतका अस्पताल उपचार भइरहेको छ ।