प्रधानमन्त्रीको ओलीको झापाको घरमा जेनजीले गरे ढुंगामुढा


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको घरमा आन्दोलनरत जेनजीले ढुंगामुढा प्रहार गरेका छन् । प्रहरी प्रशासनबाट आक्रोशित बनेका उनीहरुले ओलीको झापाको घरमा ढुंगामुढा प्रहार गरेका हुन् ।

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा आन्दोलनमा उत्रिएको जेनजी युवाहरुको समूहले देशव्यापी रुपमा आन्दोलन गरिरहेका छन् ।