राष्ट्रिय मानव अधिकार आयोगले भन्यो, जेनजीको आवाजप्रति गम्भीर बन्दै अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर


काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले जेनजीको आवाजप्रति गम्भीर बन्दै र प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न आग्रह गरेको छ। आयोगले एक विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो ।

आयोगले आफै प्रदर्शनको अनुगमन गरेपछि एक विज्ञप्ती निकाल्दै भनेको छ, ‘अनुगमनका क्रममा हिँडेको आयोगको सवारी साधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको छ ।’

काठमाडौंको माइतीघरबाट सुरू भई बबरमहल हुँदै बानेश्वर पुगेका प्रदर्शनकारीहरू संसदभवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको आयोगले बताएको छ ।