जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुग्यो


काठमाडौं – काठमाडौंमा भइरहेको जेनजीको प्रदर्शनमा गोली लागेर मृत्यु हुनेहरुको संख्या १७ पुगेको छ । काठमाडौं स्थित नयाँ बानेश्वरमा भइरहेको जेनजीको प्रदर्शनका क्रममा १७ जनाको निधन भएको हो ।

योसँगै प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १७ पुगेको हो । काठमाडौंको हस्पिटलहरु पदर्शनमा घाइते भएकाहरुले भरिभराउ बनेको छ ।