काठमाडौं – फोरेक्स जापान कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ‘Fjpay अभियान’ नामक विशेष सामाजिक अभियान सञ्चालन गर्ने भएको छ । कम्पनीले नेपालमा विभिन्न सामाजिक क्षेत्र, स्वास्थ्य, शिक्षा, पर्यटन, विपद् व्यवस्थापनलगायत क्षेत्रमा योगदान गर्ने उद्देश्यका साथ अभियान थालेको हो।
यस अभियानमार्फत कम्पनीले आफ्नो मोबाइल एप्लिकेसन ‘Fjpay’ प्रयोग गरेर संकलन गरिने रकमलाई नेपालका विभिन्न सामाजिक संस्थाहरूमार्फत आवश्यकता अनुसार खर्च गर्ने जनाएको छ। कम्पनीकाअनुसार, यस अभियान अन्तर्गत हरेक महिनाको १० तारिखमा संकलित रकम नेपालका अस्पताल, विद्यालय, अनाथालय, विपन्न समुदायका परिवार, पर्यटकीय स्थल, ऐतिहासिक सम्पदा, धार्मिक स्थललगायत क्षेत्रमा प्रयोग गरिनेछ।
अभियानको पहिलो चरणमा कम्पनीले दाेलखा जिल्लामा सहयोग गर्ने जनाएको छ। Fjpay मोबाईल एपमार्फत संकलित रकमलाई स्थानीयस्तरमा प्रयोग गर्दै दाेलखाका विभिन्न क्षेत्रमा सहयोग पु¥याइने छ। कम्पनीले नेपालका ऐतिहासिक सम्पदा संरक्षण, शैक्षिक तथा स्वास्थ्य संस्थाको विकास, विपन्न र असहाय समुदायको सहयोग, पर्यटन प्रवर्द्धन, र अन्य सामाजिक सेवामा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।
फोरेक्स जापानका निर्देशक तथा मुख्य कार्यकारी अधिकृत भण्डारी पशुपतिले भने,’Fjpay अभियानले नेपाललाई लक्षित गरी सामाजिक क्षेत्रमा योगदान पुर्याउनेछ। यसले नेपाली समाजमा आपसी सहकार्य र ऐक्यबद्धताको भावना थप मजबुत बनाउनेछ’ भनेका छन्।

‘७७ को रंग, Fjpay सँग’ अभियानले नेपालका सबै ७६ जिल्लालाई एउटै छातामा जोड्ने उद्देश्यसहित ल्याइएको हो। यस योजनाअन्तर्गत फोरेक्स रेमिटले जापानमा रहेका नेपालीहरूको सामूहिक सहकार्यमार्फत ७६ लाख जापानी येन खर्च गर्नेछ। यस अभियानले केवल आर्थिक सहयोग मात्र होइन, नेपाली समुदायलाई आफ्नो जिल्लासँग अझ नजिक बनाउने भावनात्मक सम्बन्ध पनि बलियो बनाउने तथा प्रवर्धन गर्ने लक्ष्य दिएको छ।
मुख्य विशेषताहरू:
नेपालका हरेक जिल्लाका सम्बन्धन गरिएका जापानस्थित संस्थाहरूसँग सहकार्य गर्दै प्रत्येक संस्थालाई १० लाख येन (१ लाख जापानी येन) सहयोग प्रदान गरिनेछ। संस्थाहरूले यो रकम आपत्कालीन राहत कोषमा राखी जापानमा रहेका नेपालीहरूमा आकस्मिक समस्या समाधान गर्न खर्च गर्नेछन्।
‘मेरो ठाँउमै फिजिङ’ भन्ने अभियानको साथ हरेक महिना फरक जिल्ला छान्ने गरिन्छ र सो जिल्लासँग सम्बन्धित कला, साहित्य, पर्यटन स्थल, ऐतिहासिक स्थल, पारिवारिक स्थल आदिको विशेष प्रचार सामग्री (पोस्टर, भिडियो) फोरेक्स रेमिटका सामाजिक मिडियामा सार्वजनिक गरिन्छ। यस अभियानका लागि आफ्नो जिल्ला, गाउँ, ठाँउको प्रवर्द्धन गर्न सकिने फोटो भिडियो र अन्य सामग्री उपलब्ध गराइदिनुहुने पनि सहभागीलाई अनुरोध गरिन्छ।
हरेक महिनामा सो जिल्लाको नाममा एउटा विशेष कुपन कोड जारी गरिन्छ। सो कुपन प्रयोग गरेर मोबाइल एपमार्फत पैसा पठाउँदा सो जिल्लालाई प्रत्यक्ष पठाइएको हुनेछ। आफ्नै जिल्लाको नाम लेखेर पैसा पनि निःशुल्क पठाउन सकिने यस अभियानले आफ्नो ठाँउसँग भावनात्मक माया तथा योगदान समाज जापानलाई अझ विशेष कार्यक्रमका बिश हस्तान्तरण गरिनेछ।
यसैगरी अनुदार महिनामा प्रभावित जिल्लाको लागि ‘पारिवारिक समाज जापान’ र लोकसेवा महिलाहरू स्मृति जिल्लाको लागि योगदान हस्तान्तरण गरिने छ। साथै, हरेक महिना एक–एक जिल्ला गएर प्रवर्धनले ७६ वटा जिल्लालाई प्रदान गरिनेछ। सेप्टेम्बर महिना आर FJ Pay Mob App मार्फत जापानमा रहेका दाता/सदस्यहरूले आफ्नो जिल्लाको नाम DOLAKHA प्रयोग गरी निःशुल्क पैसापठाउन सक्नेछन्। यो सुविधा पनि प्राप्त हुने हरेक महिनामा सबै जिल्लाको लागि प्रदान गरिने छ।
यस अभियानमार्फत फोरेक्स जापानले नेपाली समुदायसँग आपसी सहकार्य र एकता भावना बढाउने, स्थानीय संस्थाहरूलाई सशक्त बनाउने र नेपाली समाजलाई संकटका समयमा सहयोग गर्ने सक्षम बनाउने लक्ष्य लिएर ल्याएको हो। साथै, नेपालका विभिन्न जिल्लाको सांस्कृतिक, सामाजिक र पर्यटन महत्वलाई जापानस्थित नेपाली समुदायसँग परिचित गराउने कार्यक्रम पनि यसै योजनाले पूरागर्दछ।
अभियानले जापानमा रहेका नेपालीलाई आफ्नो देश र स्थानसँग जोड्ने एक सशक्त माध्यमको काम गर्नेछ। एकैपटक ले र फोरेक्स रेमिटले यो अभियानमार्फत केवल आर्थिक योगदान मात्र नभई भावनात्मक सम्बन्ध र सामाजिक उत्तरदायित्व दुवैलाई समान महत्वका साथ अघि बढाएको छ। यस अभियानलाई सेप्टेम्बर १ तारीख, एक विशेष कार्यक्रमका बिषय सार्वजनिक गरिएको जानकारी गराइने कम्पनीले जनाएकाे छ।



About Us
प्रतिक्रिया