काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष ०८१/८२ को वित्तीय विवरण अनुसार संचित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट नगद लाभांश प्रस्ताव गरेको छ।
बिहीबार बसेको सञ्चालक समितिको १७०औं बैठकले चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ को ६.३१५८ प्रतिशत दरले हुने नगद लाभांश दिने निर्णय गरेको हो । यस आधारमा कुल एक अर्ब ३६ करोड ४२ लाख १२ हजार ८ सय रुपैयाँ नगद लाभांश (लाभांश कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरिएको छ।
सञ्चालक समितिले उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गर्ने र सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि मात्र साधारण सभामा पेस गर्ने निर्णय गरेको छ।
साथै, साधारण सभाबाट पारित भएपछि कम्पनी ऐन, २०६३ को दफा १८२(२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति प्राप्त भएपछि मात्र नगद लाभांश वितरण गर्ने निर्णय भएको बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया