नाडाको विशेष साधारण सभा स्थगित


काठमाडौं –नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यही भदौ २४ गतेका लागि तय भएको विशेष साधारण सभा स्थगित गरेको छ।

बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले भदौ २४ गते द प्लाजा झम्सिखेल ललितपुरमा गर्ने भनिएको विशेष साधारण सभा तत्कालका लागि स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

अर्को सूचना पठाई विशेष साधारण सभा बोलाइने समेत नाडाका सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइएको छ।