काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले बिहीबारदेखि नै लागू हुनेगरि फेसबुक, युट्युब, इन्स्टाग्राम, व्हाटसप लगायत २६ सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।



About Us
प्रतिक्रिया