काठमाडौं – साताको तेस्रो कारोबार दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार १२ दशमलव ३ अंकले बढेर २७ सय ६१ दशमलव ८६ को बिन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.६५ अंक बढेर २७ सय ७७ दशमलव ५१ को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसन भरिमा ६१ कम्पनीले कारोबार गर्दा ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ ।
यस सेसनमा १६ लाख ९३ हजार ४३४ रुपैयाँको शेयर कारोबार भएको छ । यससँगै ६ हजार २ सय १६ कित्ता शेयर किनबेच भएको छ ।



About Us
प्रतिक्रिया