काठमाडौं – पूर्वाधार विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन प्रथम संशोधन, २०८२ बमोजिम गर्नुपर्नेछ ।
राष्ट्र बैंकले संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा थप क्रियाशील हुन आफ्नो हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम छुट्ट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्ने बताएको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय (जस्तैः शिक्षा, स्वास्थ्य आदि) मा मात्र सीमित नभई आफ्नो कार्यक्षेत्र भित्रका विभिन्न भौगोलिक क्षेत्र तथा बिषयहरुमा न्यायोचित ढङ्गले खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ भने सञ्चालक समितिका सदस्यहरुलाई व्यक्तिगत तथा राजनैतिक लाभ हुने गरी खर्च गर्न नपाइने व्यवस्थामा उल्लेख छ ।



About Us
प्रतिक्रिया