सुनको मूल्य आकासियो, प्रतितोलाको २ लाख ६ सय


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । आज १२ सय रुपैयाँले बढ्दै प्रतितोलाको २ लाख ६ सय रुपैयाँ पुगेको छ ।

हिजो प्रतितोला सुन १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

यससँगै चाँदी तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा २३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।