काठमाडौं – सेन्ट्रल फाइनान्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागी कर्मचारी माग गरेको हो ।
कम्पनीले अधिकृतदेखि प्रबन्धक तहको लागि दरखास्त आह्वान गरेको हो । कम्पनीले न्यूनतम स्नातक तह पूरा गरेको हुनुपर्ने बताएको छ । स्नातकोत्तर तहको डिग्री भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने कम्पनीको भनाई छ ।
बैंकिङ्ग क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव र सफ्टवेयरमा जानकार, नेपाल राष्ट्र बैंकका निर्देशन तथा अनुपालन सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने कम्पनीको भनाई छ । उम्मेदवारको उमेर सीमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने अंग्रेजी र नेपाली भाषामा दक्ष, सञ्चार, मार्केटिङ तथा अन्तरक्रिया गर्ने क्षमता, साथै कम्प्युटर प्रयोगमा दक्ष हुनुपर्नेछ ।






About Us
प्रतिक्रिया