काठमाडौं – ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल भदौ ११ गते हुने भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आधिकारिक क्राउन सार्वजनिक गरिएको छ।
याक एण्ड यति होटेलमा भएको उक्त पत्रकार सम्मेलनमा आयोजक संस्था उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीले क्राउनसहित १६ जना फाइनलिस्टलाई सार्वजनिक गरेकाे हो।
यो प्रतियोगिता छैटौं संस्करण हो। सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’मा पठाइँदै आएकोमा त्यसपछि ‘मिस ग्रान्ड’मा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको आयोजकले जानकारी दिए।
श्री ओम ज्वेलर्सले डिजाइन गरेको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आकर्षक क्राउन यस पटक विजेतालाई प्रदान गरिनेछ। ग्रान्ड फाइनल आउँदो अगस्ट २७ (भदौ ११) मा सम्पन्न हुनेछ।
उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीका अनुसार विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् भने फर्स्ट रनर–अपदेखि चौथो रनर–अपसम्मको सहभागीले विभिन्न पुरस्कारहरू प्राप्त गर्नेछन्।
यस संस्करणदेखि भारतसँग सहकार्य गर्दै प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। सो क्रममा ‘मिस इन्डिया–२०२५’ समेत भोलि मङ्गलबार नेपाल आउने कार्यक्रम रहेको छ।
संस्थापक अधिकारीका अनुसार यस्ता प्रतियोगिताले सौन्दर्य मात्र नभई संस्कृति आदान–प्रदान र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।



About Us
प्रतिक्रिया