अभियान लघुवित्तमा राेजगारीकाे अवसर


काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ वटा पदका लागि झारी संस्थामा कर्मचारी माग गरेको छ । संस्थाले अधिकृतमा २ कनिष्ठ अधिकृतमा ७ त्यस्तै सुपरभाइजरमा १७ वरिष्ठ सहायकमा ७ त्यसैगरी सहायकमा ९ र कनिष्ठ सहायकमा १८ जना कर्मचारी माग गरेको हो ।

सो पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक वा सोसरहको परीक्षा उत्तीर्ण गरेको वा प्रवीणता प्रमाणपत्र वा सोसरहको परीक्षा उत्तीर्ण गरेका याेग्य रहनेछन्। साथै ,वित्तीय क्षेत्रमा कम्तीमा ५ वर्ष सेवा अवधिको अनुभव भएको १८ वर्ष पूरा भई ३५ ननाघेको र अधिकृत श्रेणीमा भने २१ वर्ष पूरा भई ४० वर्ष ननाघेका व्यक्तिले सो पदमा आवेदन दिन सक्नेछन् ।

इच्छुकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् भदौ २० गतेभित्र संस्थाको आवेदन दिन सक्नेछन् ।