काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ९५ हजार ५ सय रूपैयाँमा कारोबार भयो । आइतबार घटेको सुनको मूल्य सोमबार ८ सय रुपैयाँले बढ्दै १ लाख ९६ हजार ३ सय रूपैयाँ पुग्यो ।
यस्तै, मंगलबार १२ सय रूपैयाँले घट्दै १ लाख ९५ हजार १ सय रूपैयाँमा कारोबार भयो । बुधबार १६ सय रुपैयाँले घट्दै १ लाख ९३ हजार ५ सय रूपैयाँमा ओर्लियो। बिहीबार र शुक्रबार क्रमशः सुनकाे मूल्यमा १३ सय रुपैयाँ र ४ सय रुपैयाँकाे वृद्धि देखियाे ।
२ दिन मूल्य बढेसँगै शुक्रबार प्रतितोला सुन १ लाख ९५ हजार २ सय रूपैयाँमा कारोबार भयो । समग्रमा यो साता सुनको मूल्यमा ३ सय रुपैयाँको गिरावट देखियाे ।





About Us
प्रतिक्रिया