पियोर इनर्जीको नाफा बढ्यो, विद्युत बिक्री गरेर कमायो २५ करोड बढी


काठमाडौं – पियोर इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीको अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १ करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको खुद नाफा गत आवमा भने सुधार आएको हो । कम्पनीले गत आर्थिक वर्षमा विद्युत बिक्री गरेर मात्रै २५ करोड ९२ लाख आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २७ करोड ४४ लाख आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले २० करोड ४५ लाख आम्दानी गरेको थियो ।

गत वर्ष कम्पनीकाे चुक्तापुँजी ८० करोड कायम भएको छ ।