हाथवे इन्भेष्टमेन्ट नेपालले बोलायो १७ औँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपालले शेयरधनीहरुलाई भदौ २५ गते १७ औँ वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको २१६ औँ बैठकको निर्णयले उक्त सभा आम्रपाली ब्याङ्केट काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।  

सो सभाबाट कम्पनीको सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । साथै, आव २०८२/८३ को बाह्य लेख परीक्षण कार्यका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने 

उक्त साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ १३ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। तसर्थ भदौ १२ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन पाउने छन् ।