काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीबाट ३० अर्ब तान्ने भएको छ । बैंकिङ्ग क्षेत्रमा लगातार तरलता थुप्रिदा केन्द्रीय बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने भएको हो ।
बैंकिङ्ग क्षेत्रमा रहेको तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन गर्दै आइरहेको छ । सोहि क्रममा आज राष्ट्र बैंकले भदौ लागेयता दोस्रो पटक निक्षेप संकलन गर्न लागेको छ । यसको लागी आज ३ बजेसम्म बोलकबोल गर्न सकिनेछ भने अनलाइनमार्फत आवेदन दिन सकिनेछ । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ ।
यसमा सहभागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।





About Us
प्रतिक्रिया