रिलायन्स स्पिनिङ मिल्सले कमायो १ अर्ब ४८ करोड नाफा


काठमाडौं – रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब बढी नाफा आर्जन गरेको देखाएको हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ८६ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आर्थिक वर्षमा १० अर्ब २३ करोड ८३ लाख १२ हजार ६ सय रुपैयाँ बराबरको व्यापार गरेको यस कम्पनीले आर्थिक वर्षमा भने ९ अर्ब २० करोड ६० लाख ८ सय ३१ रुपैयाँ बराबरको व्यापार गरेको थियो।