दुग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त आह्वान


काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेकाे छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

महाप्रबन्धकका लागि इच्छुक उम्मेदवारले गोप्य सिलबन्दी २१ दिनभित्र पेस गर्नुपर्नेछ । याेग्यतामा प्रशासन, व्यवस्थापन वा कानून विषयमा स्नातकोत्तर गरी ३० वर्ष पूरा भएर ६० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउनेछन् ।