पियोर इनर्जीले बोलायो आठौँ वार्षिक साधारण सभा, बुक क्लोज  कहिले ?


काठमाडौं – पियोर इनर्जी लिमिटेडले शेयरधनीहरुलाई आउँदो भदौ २४ गते आठौँ वार्षिक साधारण सभामा बोलाएको छ।  कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार उक्त  सभा आनन्द भूमि इभेन्जस, बानेश्वर, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुने निर्णय भएको हो । 

उक्त सभा  प्रयोजनको लागि कम्पनीले भदौ ९ गते शेयरधनी दर्ता किताब (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यसर्थ, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा साउन ८ गतेसम्म कारोबार भई, शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरूले मात्र सो सभामा भाग लिन र निर्वाचनमा सहभागी हुन योग्य हुनेछन् ।