काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१ /८२ मा समीक्षा वर्षमा कम्पनीले ६ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २२ लाख २९ हजार रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा उल्लेख्य बढी हो । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ ।
समीक्षा वर्षमा कम्पनीले ४५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ९८५ प्रतिशतले बढी हो ।
यस समीक्षा वर्षमा कम्पनीले ३९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ९८२ प्रतिशतले बढी हो । कम्पनीको जीवन बीमा कोष २१ करोड ४९ लाख रहेको छ ।





About Us
प्रतिक्रिया